प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न एमाले अध्यक्ष ओलीको सुझाव

प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न एमाले अध्यक्ष ओलीको सुझाव

२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश–१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उनले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश–१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उनको भनाइ छ ।

जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.