खप्तड गोल्डकपमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर क्लबबीच खेल हुँदै

खप्तड गोल्डकपमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर क्लबबीच खेल हुँदै

२२ फागुन, काठमाडौँ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ ।

धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.