बालाजु ढुङ्गेधारा चोक नजिकै तरकारी बजारमा आगलागी, करिब ७० पसल जलेर नष्ट

बालाजु ढुङ्गेधारा चोक नजिकै तरकारी बजारमा आगलागी, करिब ७० पसल जलेर नष्ट

२२ फागुन, काठमाडौँ । बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।

गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभाइएको छ ।

आगलागीको कारण खुल्न बाँकी छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.