२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् ।
एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।