खप्तड गोल्डकपः आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दै, जित्ने टोली फाइनलमा पुग्ने

खप्तड गोल्डकपः आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दै, जित्ने टोली फाइनलमा पुग्ने

२५ फागुन, धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् ।

पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् ।

खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो ।

सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.