दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग बन्द

दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग बन्द

२५ फागुन, दाङ । दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको भालुवाङ क्षेत्रमा बन्द गरिएको छ ।

कारको ठक्करले राप्ती गाउँपालिका १ भालुवाङका ३५ वर्षीय नरेन्द्र जिसीको मृत्युपछि राजमार्ग बन्द गरिएको छ ।

मंगलबार राति ९ बजेतिर लमहीबाट भालुवाङतर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको मोटरसाइकललाई र विपरीत दिशाबाट आइरहेको बा १० च २५८१ नम्बरको कारले लमही नगरपालिका वडा नम्बर ३ मा ठक्कर दिएको थियो ।

शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। कार प्रहरीको नियन्त्रणमा छ। चालक भने फरार छन् ।

कार चालकलाई कारबाही र उचित राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग आफन्तले बन्द गराएका छन् ।

प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको एसपी सुरेश काफ्लेले बताए । कार चालकको खोजि भइरहेको प्रहरीले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.