वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु

वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु

२६ फागुन, काठमाडौँ । काठमाडौँको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो ।

होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।

यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.