खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा आज वाग्मती र फ्रेन्ड्स क्लब खेल्दै

खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा आज वाग्मती र फ्रेन्ड्स क्लब खेल्दै

२६ फागुन, काठमाडौँ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.