स्थानीय तहको चुनावका विषयमा आयोगले दलहरुसँग छलफल गर्दै

स्थानीय तहको चुनावका विषयमा आयोगले दलहरुसँग छलफल गर्दै

२७ फागुन, काठमाडौँ । स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको छ ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिना भइसकेको र यो समयमा आयोगले गरेका कामबारे दलहरुलाई जानकारी दिइने प्रवक्ता शर्माले बताए ।

निर्वाचन आयोगसँग दलहरुका अपेक्षा र दलहरुसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुँदैछ ।

यस्तै निर्वाचन आयोगले मतदान र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

स्थानीय तहको चुनाव आउँदो वैसाख ३० गते हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.