आज सुनको भाउ तोलामा ६ सयले बढ्यो

आज सुनको भाउ तोलामा ६ सयले बढ्यो

२७ फागुन ,काठमाडौँ । आज सुन चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो । रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.