माओवादी छोडेर एमालेमा जानेलाई प्रचण्डको व्यङ्ग्य, ‘बरु विप्लवा, बिजुक्छे र वैद्यको पार्टीमा जानु’

माओवादी छोडेर एमालेमा जानेलाई प्रचण्डको व्यङ्ग्य, ‘बरु विप्लवा, बिजुक्छे र वैद्यको पार्टीमा जानु’

२९ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताएका छन् ।

पार्टीको प्रदेश–१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताए ।

यस्तै, उनले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गरेका छन् ।

उनले भने, ’खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूको लर्काे लाग्ने गरेको छ । एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।’

माओवादी छाड्नेहरूको प्रसङ्गमा भने उनले एमसीसीलाई देखाएर पार्टी छाडेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै टिप्पणी गरे । एमसीसीको विरोध गरेर एमालेमा जानु हास्यास्पद भएको उनको टिप्पणी छ ।

उनले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा जानु भन्दै व्यङ्ग्य गरे ।

यस्तै उजले तत्कालका लागि एमालेको केपी गुटसँग कुनै सहमति नहुने पनि प्रष्ट पारेका छन् । प्रचण्डले आफ्नै सङ्गठन बलियो बनाएर चुनावमा जाने पनि दाबी गरे । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.