झापा गोल्डकपः उपाधिका लागि त्रिभुवन आर्मी र झापा–११ खेल्दै

झापा गोल्डकपः उपाधिका लागि त्रिभुवन आर्मी र झापा–११ खेल्दै

३० फागुन, झापा । झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।

खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुँदैछ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछन् । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.