३० फागुन, काठमाडौँ । सिन्धुलीमा जन्ती सवार एक टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका–५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बेहुला–बेहुली भने अर्कै गाडीमा थिए । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।