यू१८ साफ महिला च्याम्पियनसिप सुरु हुँदै, उद्घाटन खेलमा आज नेपाल र भारतबीच खेल हुँदै

यू१८ साफ महिला च्याम्पियनसिप सुरु हुँदै, उद्घाटन खेलमा आज नेपाल र भारतबीच खेल हुँदै

१ चैत, काठमाडौँ । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीसँगको खेल नेपालका लागि कठिन रहेको तर उत्कृष्ट नतिजाका लागि खेल्ने बताएका छन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।

नेपालले दोस्रो खेल मार्च १७ तारिख अर्थात पर्सि बिहीवार बङ्ग्लादेशसँग खेल्नेछ ।

नेपालले अर्को खेल आउँदो मार्च २१ मा भारतसँग र मार्च २३ मा बङ्ग्लादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.