नेपाल-साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर; शिक्षा, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुल्यो

नेपाल-साउदीबीच सहयोग सम्झौतामा हस्ताक्षर; शिक्षा, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुल्यो

१ चैत, काठमाडौँ । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।

साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तव्य देश हो । कामका सिलसिलामा झण्डै चार लाख नेपाली साउदी अरबमा छन् ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा हिजो काठमाण्डौ आएका विदेशमन्त्री राजकुमार फैसलले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाण्डौ आएका उनी बेलुका स्वदेश फर्किँदै छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.