आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै

२ चैत, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार अहिले सवा ११ बजे यूएइको दुबई अन्तर्राष्ट्रि रङ्गशालामा हुँदैछ ।

श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार यूएईसँग, तेस्रो खेल आउँदो सात गते यूएईसँग नै र चैत आठ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

श्रृङखला अघि श्रीलंकामा चार वटा अभ्यास खेल खेलेको नेपाल तीन वटामा जित र एउटामा पराजित भएको थियो ।

विश्व क्रिकेट लिग दुईमा आठ खेलमा आठ अंकसहित नेपाल छैठौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.