भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच सहमति

भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच सहमति

२ चैत, काठमाडौँ । भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच सहमति भएको छ ।

संयुक्त अरब इमिरेट्स यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा यूएई ल्याउने गैरकानुनी एजेन्टहरुलाई कारबाहीको दायरामा ल्याउन यूएई सरकारले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै यूएईका श्रम मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

साथै उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि यूएई सरकारले सहयोग गर्ने बताए ।

यस्तै उनीहरुबीच यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्यर वीमा, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.