विराटनगर,साउन ३१
इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।
नेपालले भियतनामसँगको खेल्ने यो पहिलो पटकको खेल हो ।सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक भिएतनाम विजयी हुन सफल भएको छ । २००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।
नपालको प्रतियोगिताको दाबेदार मानिएको जापानसँग १–० को हार भएपनि उत्कृष्ट प्रदर्शन गरेको थियो । जापानसँगको खेलपछि खेलाडीको मनोबल उच्च भएकोले दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ । जापानविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उच्च प्रदर्शन गरेका थिए । तर, बलियो भिएतनामलाई रोक्न त्यति सहज हुनेछैन । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो ।
भियतनामका लागि दोस्रो चरण प्रवेश गर्न बराबरी नै काफी हुनेछ ।नेपालविरुद्धजित या बराबरी निकाले भियतनाम एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ ।आजै जापान र पाकिस्तानबीच खेल हुनेछ । जापान विजयी भएको खण्डमा जापान दोस्रो चरण प्रवेश गर्नेछ । पाकिस्तान भने एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ ।