६ चैत, संखुवासभा । संखुवासभाको चैनपुर–११ गहते स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
शनिबार दिउँसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक संखुवासभा चैनपुर–३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको १ः३० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।