इलाममा एमालेको शक्ति प्रदर्शन

इलाममा एमालेको शक्ति प्रदर्शन

६ चैत्र, झापा ।
एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको सूर्योदय नगरपालिकामा आएका छन् ।

यहाँ आयोजित जनसभामा सहभागी हुन उनी इलाम आएका हुन् । फिक्कल चोकमा आयोजित जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् ।

फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । सो बजारमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।

खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.