६ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमवार मोरङ आउने भएका छन् । उनी मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन भोलि यता आउन लागेका हुन् ।
सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा भोलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यसैगरी उनले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर तामाङले बताए ।