प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिकाको कार्यक्रममा सहभागी हुन भोलि मोरङ आउने

प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिकाको कार्यक्रममा सहभागी हुन भोलि मोरङ आउने

६ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमवार मोरङ आउने भएका छन् । उनी मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन भोलि यता आउन लागेका हुन् ।

सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा भोलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर तामाङले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.