नेपालले आज युएईसँग खेल्दै

नेपालले आज युएईसँग खेल्दै

७ चैत्र, विराटनगर ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे दुबई क्रिकेट रङ्गशालामा हुने छ । आज यूएईलाई हराउँदै नेपाल श्रृङ्खलामा दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यूएई भने आज तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा यूएईले पीएनजीलाई ७ विकेटले हराएको थियो।

दोस्रो खेलमा नेपाललाई हराएको यूएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.