NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

अन्तरक्रिया र गोष्ठीमै बित्यो मुस्लिम आयोगको ३ वर्ष

सोमवार चैत्र ७ , २०७८
Reading Time: 1 min read
A A
अन्तरक्रिया र गोष्ठीमै बित्यो मुस्लिम आयोगको ३ वर्ष
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ चैत्र, काठमाडौं ।

मुस्लिम आयोगले ३ वर्षको अवधिमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

सोमवार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्नुहुँदै २०७५ साल चैत्र ७ गते आफु नियुक्त भएर आएसँगै हालसम्म गरिएको कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

LS Auto

यस अवधिमा सर्वप्रथम आयोगले गर्ने काम, कर्तव्य र क्षेत्रका बारेमा मुस्लिम समुदायलाई जानकारी दिइएको र यस समुदायको समग्र विकासका लागि समुदायका विज्ञहरुबाट सल्लाह, सुझाव लिइएको अध्यक्ष अन्सारीले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगको तिनै वर्षको वार्षिक प्रतिवेदन पेश गरी मुस्लिम समुदायको हक, हित संरक्षणका लागि नीतिगत तथा कानूनी विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिएको पनि उनले जानकारी दिए । त्यस्तै प्रदेश नं.१, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका सरकार र सांसदहरुसँग मुस्लिम समुदायको हकहितको संरक्षण, सम्वद्र्धन र सशक्तिकरण सम्बन्धी अन्तरक्रिया गरिएको उनले उल्लेख गरे ।

आयोगले इटहरी, जनकपुर, नेपालगञ्ज, सिरहा, सप्तरी, अर्घाखाँची, कपिलवस्तु, गोरखा, तनहुँ, कास्की लगायतका जिल्लामा पनि समुदायसँग अन्तक्र्रिया गरेको जनाएको छ । त्यस्तै मुस्लिम समुदायका बाहुल्यता रहेका जिल्लाहरु पर्सा, रौतहट, बाँके र सुनसरी जिल्लाका स्थानीय तहका पदाधिकारी र प्रमुख प्रशासकिय अधिकृतसँग मुस्लिम समुदायको हक र हितको विषयमा एकदिने गोष्ठि पनि गरेको जानकारी दिइएको छ ।

सरकारी सेवामा मुस्लिम समुदायको पहुँच अभिवृद्धि गर्नका लागि तिनै आर्थिक वर्षमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको पनि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।

त्यसैगरी आयोगले मुस्लिम समुदायका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्नका लागि बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, सप्तरी लगायत जिल्लाहरुमा शैक्षिक सामग्री वितरण गरेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाहरुमा भने लैगिंक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ ।

समुदायका मानिसहरुलाई सिलाइकटाइ, व्युटीपार्लर, मोटरसाइकल मर्मत तालिम दिइएको अध्यक्ष अन्सारीले बताए । २०७८ सालमा भएको जनगणनामा मुस्लिम समुदायका व्यक्तिहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुर, बारा, सर्लाही, धनुषा, सिरहा, सप्तरी, अर्घाखाँची, बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी र पर्वतमा अन्तरक्रिया कार्यक्रम गरिएको पनि उनले जानकारी दिए ।

आयोगले मुस्लिम समुदायका हक, हित अभिवृद्धिका लागि मदरसा सम्बन्धी अध्ययन, अनुसन्धान, सरकारी सेवामा मुस्लिम समुदायको सहभागिताको अध्ययन, मुस्लिम समुदायको पहिचान सम्बन्धी अध्ययन, अनुसन्धान सम्पन्न गरिरहेको बताएको छ । अध्यक्ष अन्सारीका अनुसार कोभिड–१९ महामारीको समयमा केन्द्रीय र जिल्ला स्तरमा अनुगमन समिति गठन गरी जनचेतना फैलाउने र सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न आयोगले अग्रणी भुमिका खेलेको थियो ।

भुमिहिन मुस्लिम समुदायको समस्या समाधानका लागि मुस्लिम आयोगले भुमि सम्बन्धी समस्या समस्या समाधान आयोगका पदाधिकारी र अन्य आयोगका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको पनि आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अन्सारीले मुस्लिम समुदायका मानव विकास सुचकांक निकै पछाडी रहनु, राज्यको स्रोत, साधन, अवसर र लाभमा नियोजित पहुँच नहुनु र राजनीतिक तथा प्रशासनिक संरचनामा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व नहुनु समस्याको रुपमा रहेको बताए ।

त्यसैगरी, मुस्लिम समुदायको उत्थान र विकासको लागि कुनैपनि विशेष नीति तथा कार्यक्रम नभएको, मदरसा शिक्षालाई व्यवस्थित र समयानुकुल बनाउन नीति, तथा कानूनी व्यवस्था नभएको, मस्जिदको व्यवस्था, संरक्षण र प्रवद्र्धनमा सरोकारवाला निकायको ध्यान नगएको उनले उल्लेख गरे ।

सरकारबाट मदरसा शिक्षाको उचित पाठ्यक्रम नबनाइनु, राज्यका तिनै तहबाट सञ्चालन हुने आर्थिक तथा सामाजिक सशक्तिकरण कार्यक्रममा मुस्लिम समुदायको पहुँच नहुनु तथा संस्कृति, भाषा, कला, लिपी, साहित्यको संरक्षणको कुनै कार्यक्रम नहुनु मुख्य समस्याका रुपमा रहेको उनले बताए ।

कर्मचारी र बजेट पुगेन्

उनले आयोगमा कर्मचारीको अभाव हुँदा र बजेट न्युन नहुँदा ऐनले तोके अनुसार काम गर्न नसकिएको बताए । सरकारले आयोगका कर्मचारीको दरबन्दी कटौती गर्दा तथा आफ्नै कार्यालय भवन नहुँदा पनि काममा कठिनाइ हुने गरेको अध्यक्ष अन्सारीले बताए ।

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.