पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै

८ चैत, काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दैछन ।

मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उनको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो पार्टीसहित एमालेमा प्रवेश गर्ने भएका छन् ।

उनको टोलीलाई पनि अध्यक्ष ओलीले आजै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री समेत भएका थिए ।

अभिनेत्री करिश्मा मानन्धर भने पहिले नै नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.