बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

८ चैत, काठमाडौँ । बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ ।

मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.