आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

८ चैत, काठमाडौँ । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.