समाजवादी जनता पार्टी एमालेमा समाहित

समाजवादी जनता पार्टी एमालेमा समाहित

८ चैत्र, काठमाडौं ।
पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे ।

सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए ।

‘अहिले मलाई आफ्नो घरमा फर्किएको सुखानुभूति भएको छ । म नेकपा एमालेबाट एक्लै गएको थिएँ, अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु ।’ उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.