८ चैत्र, विराटनगर ।
विराटनगर स्थित शिक्षादीप कलेजले अब विद्यार्थीहरुलाई योग शिक्षा समेत दिने भएको छ ।
विद्यार्थीहरुलाई पाठ्यक्रम अनुशारको कितावी ज्ञान सँगसँगै स्वस्थ्य जीवनका लागि कलेजले योग प्रशिक्षण सुरु गरेको हो । यसका लागि कलेजले छुट्टै योगअभ्यास सभाहलको समेत निमार्ण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ‘योग प्रशिक्षण तथा सभाहलको’ उद्घाटन गरिएको छ ।
भारतको हरिद्वारबाट आएका देवा दीपा र साधवी द्विविजयाले ‘योग प्रशिक्षण तथा सभाहलको’ उद्घाटन गरेका हुन । विद्यार्थीहरूको शैक्षिक, मानसिक, शारिरीक, आध्यात्मिक तथा समग्र व्यक्तित्व विकासका लागि योग प्रशिक्षणको आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताएका छन् ।
पतंजली योग समिति मोरङको प्राविधिक सहयोगमा कलेजले योग शिविर सुरु गरेको हो । योग शिविरमा विद्यार्थीहरूलाई साधवी दीपा र द्विविजयाले प्रशिक्षण दिनेछन् । योग शिविरको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले असल र स्वस्थ्य ब्यक्ति बन्नका लागि योग अपरिहार्य रहेको बताए ।
असल ब्यक्ति बन्न अध्यात्म ज्ञानको आवश्यकतामा जोड दिदै पराजुलीले योगले समग्र रुपमा असल मनुष्य बनाउने बताए । उद्घाटन कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, पंतजली योग समिति मोरङका अध्यक्ष धुब्र तामाङ लगायतले योग शिविरका लागि शुभकामना ब्यक्त गरेका थिए ।