राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर अवार्ड

राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर अवार्ड

८ चैत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जितेको छ ।

राष्ट्रिय टोलीले २०७७ सालमा ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो । घरेलु मैदानमा थ्री नेसन्स कपको नाममा आयोजना भएको मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू–२३ टोलीसँग बराबरी खेलेको थियो ।

उक्त मैत्रीपूर्ण प्रतियोगिता नेपालले जितेको थियो । थ्री नेसन्स कप मार्फत नै तत्कालिन राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले संन्यास लिएका थिए । उनलाई फाइनल खेलमा अन्त्यतिर मैदान प्रवेश गराएर सानदार बिदाइ गरिएको थियो ।

त्यसअघि राष्ट्रिय टोलीले कोरोना महामारीबाट फुटबल फर्केको संकेत दिन आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बंगलादेशमा गएर २ खेल खेलेको थियो । पहिलो खेल २–० ले हारेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.