इलाममा २ हजार किलो छुर्पी बरामद

इलाममा २ हजार किलो छुर्पी बरामद

९ चैत्र, विराटनगर ।
इलाममा अवैधरूपमा ओसारपसार भइरहेको २ हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख रुपैयाँ बराबरको छुर्पी बरामद गरिएको हो ।

प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.