नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

१० चैत, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो ।

बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले लिखित सुझाव दिनेछन् ।

एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.