पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान

पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान

११ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन्।

काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्वमहामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन्।

बैठक चलिरहेको छ। बैठकमा सहभागी जिल्ला सभापतिहरुले आ–आफ्नो धारणा राखिरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.