NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

ओली ज्ञानेन्द्रलाई भेट्न सुटुक्क जान्छन्ः माधव नेपाल

शुक्रबार चैत्र ११ , २०७८
Reading Time: 1 min read
A A
एमालेको झण्डा अब बाँदरको हातमा पुग्छ : माधव नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ चैत्र, काठमाडौं ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् ।

ओली दक्षिणपन्थी हुन् राप्रपासँग मिल्दैछन्

अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे ।

तर आफूहरु भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उनको भनाई थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गरे ।

म कांग्रेसको निर्णय पर्खिरहेको छुः माधव नेपाल

त्यसका लागि कांग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए । उनले भने, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं ।

अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाईरहेका छौं ।

कमिटीलाई परिचालित गर्ने काम गरिरहेका छौं । पार्टीको कमिटी बन्यो भने त्यसैले शक्तिको परिचालन गर्छ । त्यसैले उम्मेदवारको छनौंटका लागि छलफल चलाउँछ । र, हामी आफ्नो तर्फबाट आफ्नै शक्ति र बुताले जित्न सक्ने कहाँकहाँ छ ? तर चुनाव हो । कहिले एक भोटले हारिन्छ । कहिले जितिन्छ ।

हाम्रो आरजुजीले भन्नु भएछ– म कैलालीबाट उठछु । त्यसका लागि गठबन्धन चाहिन्छ । गठबन्धनको पक्षमा छु भनेर उहाँले पनि भन्नु भयो । धन्यवाद छ उहाँलाई पनि । त्यसो हुनाले हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं । मोहन विक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ ।

जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ । माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ । काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ । तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन ।

विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं ।

तपाईहरु पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन् ।’

पार्टी प्रवेशको लहर देखेर वैरीहरु आत्तिए

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावी समेत गरे ।

पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उनले बताए । अध्यक्ष नेपालले भने, ‘हिमाल होस्, पहाडहोस्, तराईँ । पूर्वहोस् वा पश्चिम । सबैतिर हाम्रो पार्टी फैलिँदै गईरहेको छ । हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरु आत्तिएका छन ।

आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन । जव मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ । अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन । बेहोसी अवस्थामा हुन्छ । यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन । विरोधीहरुले अनेकखाले भ्रमहरु पैदा गरेका हुन्छन ।

तपाईहरुले पनि ती भ्रमहरु, पैmल्याइएको कुप्रचारहरुको बारेमा जानकारी राखिरहनु भएको होला । हेक्का राख्नु भएको होला । एउटा प्रचार गरिएको थियो–कि प्रेम आलेमन्त्री, कृष्णकुमार श्रेष्ठ अर्का मन्त्री दुवै मध्यरातमा बालकोट पुगेर अव एमालेमा सहभागी हुने, एकीकृत समाजवादी परित्याग गर्ने भनेर समाचारमा सम्प्रेषित भयो ।

अनि कतिपय मानिसहरुलाई के हो कमरेड, फोनको घण्टी खाली त्यही कुरा बुझ्नका लागि बज्ने गर्दथ्यो । तर अव त्यो भ्रम पनि छैन । यस्ता कुप्रचारहरु गर्नका लागि खप्पिस भईसकेका तिनीहरुले हँुँदै नभएका कुराहरुको हल्ला मच्चाउने गर्दछन । त्यसमा कुनै सत्यता रहेको हुँदैन ।

अहिले सबै ठाउँमा पार्टी प्रवेशको पनि लहर चलिरहेको छ । अहिले भर्खर नेकपा एमाले परित्याग गरेका हाम्रा यसरी एमाले परित्याग गर्ने एउटा लहर चलेको छ । र हाम्रो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको छ । सबै तहमा । कहिले कुनै जिल्लाबाट, कहिले कुनै अर्को जिल्लाबाट ।

अस्ती धादिङमा जाँदाखेरी भन्नु भयो–गल्छी नगरपालिकाले के घोषणा ग¥यो भने हामीलाई कसैले पनि पराजित गर्न सक्दैन । एक्लै आफ्नो शक्तिले हामी जित्न गईराखेका छौं । यति ६ महिनाको छोटो अवधि भित्र कुनै पनि पार्टी ले यत्रो विशाल आकार ग्रहण गर्न नसेको छैन ।

हामी दावाका साथ भन्छौं–६ महिनाको समय भित्र कुनै पनि पार्टीले यत्रो ठूलो आकार ग्रहण गर्न सकेको छैन । देशका ७७ वटै जिल्लामा फैलिएको हाम्रो पार्टीको संरचना ७ सय ५३ वटा पालिकाहरु मध्ये अधिकांश पालिकाहरुमा पार्टी कमिटी निर्माण भएको स्थिति अनि ६ हजार ७ सय ४३ वटा वडाहरु छन देशभर ।

ती वडाहरुको पनि अधिकांश वडाहरुमा कमिटी गठन भईसकेको यो अवस्था कति वटा पार्टीको होला ? तपाई हिसावकिताव गरेर भन्नुस् त ? त्यसो हुनाले हाम्रो पार्टीमा त्यो क्षमता छ । त्यो खुबी, त्यो आकर्षण छ । र, त्यो हैसियत छ । यो कसरी सम्भव भयो त ? सम्भव किन भयो भने पार्टीले सही विचार अगाडि सा¥यो ।

पार्टीले सही नीति अवलम्बन ग¥यो । हाम्रो पार्टीले क्रान्तिकारी विचार बोकेर ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताए ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.