आईपीएलमा कोलकत्ता नाइट राइडर्र्सको विजयी सुरुवात

आईपीएलमा कोलकत्ता नाइट राइडर्र्सको विजयी सुरुवात

१३ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्र्सले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो ।

पहिलो खेलमा चार पटकको विजेता चेन्नई कोलकातासँग पराजित भयो । १ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

कोलकाताका अजिक्या रहाणेले सर्वाधिक ४४ रन बनाए । चेन्नईका ड्वेन ब्राभोले ३ तथा मिचेल सान्टनारले एक विकेट लिए ।

वानखडे मैदान मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह धोनी ५० रनमा अविजित रहे । डेब्यु कप्तानी गरेका जडेजा २६ रनमा अविजित रहे ।

सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका धोनीले यस पटक रविन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गरेका छन् ।

आईपीएलमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुकी पौने आठ बजे खेल्दैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.