देशको पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्नसक्ने

देशको पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्नसक्ने

१३ चैत, काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।

प्रि–मनसुनसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिए ।

उनकाअनुसार वाग्मती, गण्डकी र प्रदेश–१ का पहाडी जिल्लाका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ भने तराईका जिल्लाको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.