नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको चीनले विरोध गर्ने

नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको चीनले विरोध गर्ने

१३ चैत, काठमाडौं । चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँग भएको भेटमा नेपालको मामिला नेपालीहरुले नै तय गर्नुपर्ने बताएका हुन् ।

‘नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र देशमा भू–राजनीतिक खेलमा सामेल गराउने कुनै पनि प्रयासको चीन विरोध गर्छ,’ यीको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

चीनले नेपालको आन्तरिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने भन्दै यीले भने, ‘दुई देशबिचको सम्बन्ध दुवै देशका नेताले तय गरेको दिशामा अघि बढ्छ ।’

नेपालको राष्ट्रिय परिस्थिति अनुकुल विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यीले नेपालका सबै राजनीतिक दललाई जनताको आधारभुत र दीर्घकालीत हितका लागि सामुहिक छलफल र परामर्शमा प्रेरित गर्ने बताए ।

चीनले नेपाललाई स्वतन्त्र रुपमा आन्तिरक तथा परराष्ट्र नीतिहरू अवलम्बन गर्न सहयोग गरेको बताउँदै उनले चीनले आकारमा जस्तोसुकै भए पनि सबै देशहरू समान रहेकोले सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.