प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटावार्ता

प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटावार्ता

१३ चैत, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटावार्ता भएको हो । भेट नक्शालस्थित होटल मेरियट होटलमा भएको हो ।

चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीच भेट चलिरहेको थियो ।

तीन दिने नेपाल भ्रमणमा आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.