आगामी स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको तयारी सुरु

आगामी स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको तयारी सुरु

१४ चैत, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ ।

एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो ।

हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको विवरणअनुसार देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ रहेको छ ।

आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।

साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो ।

जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.