दुर्गम जिल्लाका लागि मतपत्र पहिले छापिने

दुर्गम जिल्लाका लागि मतपत्र पहिले छापिने

काठमाडौं, २१ चैत । निर्वाचन आयोगले मतपत्र छपाइको काम सुरु गरेको छ । दुर्गम जिल्लाका लागि पहिले र त्यसपछि सुगम जिल्लाका लागि छापिने आयोगले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले ढुवानीका हिसाबले दुर्गम ठाउँमा मतपत्र पुग्न धेरै दिन लाग्ने भएकाले पहिले छापिने बताए । १ करोड ७७ लाख ३३ हजार मतदाताका मतपत्र छापिने र केही जडेडा मतपत्रको पनि व्यवस्था गरिने उनले बताए ।

मतपत्र बिग्रेमा वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वा थप मतपत्र चाहिने भएकाले आयोगले जगेडा मतपत्र छाप्न लागेको हो ।यसपटक आयोगले ८ प्रतिशतदेखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छाप्ने जनाएको छ ।

कम मतपत्र हुने र दुर्गम जिल्लाका लागि बढी प्रतिशत जगेडा मतपत्र छापिने आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.