प्रचण्ड र माधव नेपालको पार्टीसँग चुनावी तालमेल हुँदैनः महासचिव पोखरेल

प्रचण्ड र माधव नेपालको पार्टीसँग चुनावी तालमेल हुँदैनः महासचिव पोखरेल

दाङ, चैत २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने भन्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभएको छ , ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन । तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ ।’

पोखरेलले प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.