फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल रूसद्वारा फिर्ता

फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल रूसद्वारा फिर्ता

२३ चैत, एजेन्सी । रूसले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल फिर्ता लिएको छ ।

रूसका पुरूष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकायविरूद्ध खेलकुदको मध्यस्थता (क्यास) अदालतमा अपिल गरेको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको थियो ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन् ।

प्रतिबन्धसँगै रुसले विश्वकप छनोट अन्तर्गत पोल्याण्डविरुद्धको प्ले अफ खेल गुमाएको थियो।

पोल्याण्ड विश्वकपमा छनोट भईसकेको छ। यो सँगै रुसले फिफा विश्वकप फुटबलमा लागेको प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको हो। बाँकी अपिल कायमै राखेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.