काठमाडौं , चैत्र २५ । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर शुक्रबार नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको हो ।
मधेसका विभिन्न जिल्लाका पालिकामा यसअघि कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने क्रम बढेको छ । रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताउनुभयो ।