कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।

आयोगमा आएको पत्रका आधारमा क्षेत्रीलाई पदमुक्त गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जितेका क्षेत्री जिल्ला कमटी अध्यक्ष नपाएपछि कांग्रेस प्रवेश गरेका थिए ।

केदारका भाइ कृष्ण क्षेत्रीलाई गाउँपालिका अध्यक्षको टिकट दिने शर्तमा उनीहरु केही समयअघि कांग्रेस प्रवेश गरेका थिए । तर, कृष्ण क्षेत्रीले पालिका अध्यक्षको टिकट पाउने सम्भावना निकै कम भएको कांग्रेस स्रोतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.