देशको अर्थ व्यवस्थाबारे पत्रकार सम्मेलन गर्दै एमाले

देशको अर्थ व्यवस्थाबारे पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं, २७ चैत । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा तीन जना पूर्वअर्थमन्त्रीहरूको पनि उपस्थिति रहने छ ।

एमालेबाट विगतमा अर्थमन्त्री बनेका युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा धारणा राख्ने रिजालले जानकारी दिए ।

एमालेले सरकारकाे असक्षमताका कारण मुलुककाे अर्थ व्यवस्था बिग्रेकाे आराेप लगाउँदै आएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.