सुनको भाउ तोलाको फेरी एक लाख रुपैयाँ नाघ्यो

सुनको भाउ तोलाको फेरी एक लाख रुपैयाँ नाघ्यो

२७ चैत, काठमाडौँ । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ ।

शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.