सबै उम्मेदवार पर्सिसम्म सिफारिस गर्न लोसपाको निर्देशन

सबै उम्मेदवार पर्सिसम्म सिफारिस गर्न लोसपाको निर्देशन

काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसीमा तोकेका हुन् ।

‘२४-२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

उनले २९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको बताए ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.