काठमाडौं, भदौ १
नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल सिटिजन्स् बैंकको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएका छन । नेपालले नेदरल्याण्डस विरुद्धको पहिलो एकदिवसिय सिरीज खेल्दा राम्रो प्रदर्शन गरेका ज्ञानेन्द्रलाई सिटिजन बैकले कम्पनीको एक बर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
शुक्रबार भएको कार्यक्रममा ज्ञानेन्द्र र बैंकका कार्यकारी प्रमुख राजनसिंह भण्डारीले सम्झौता गरे । सम्झौता अनुसार ज्ञानेन्द्रले बैंकको विभिन्न पर्वधनात्मक कार्यक्रममा सहयोग गर्नेछन ।
ब्रान्ड एम्बेस्डर बाफत ज्ञानेन्द्रले पाउने रकम भने दुबै पक्षको सहमतीमा गोप्य राखिएको छ । केही समय अघि ज्ञानेन्द्र ईसेवाको पनि ब्रान्ड एम्बेस्डर नियुक्त भएका थिए ।
केहिदिन अगाडी कप्तान पारस खड्का लाई एक्पर्ट एडुकेसनले ब्रान्ड एम्बेस्डर बनाएको थियो । यस्तै सन्दिप लामिछाने, दिपेन्द्रसिह एरी लगायतका खेलाडी पनि अरु कम्पनीका ब्रान्ड एम्बेस्डर रहेका छन ।