विराटनगर,भदौ १
जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी ताप्लेजुङको पाथिभरा याङबरक २ की कमला बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनी सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन् ।
इटहरीबाट धरान जाँदै गर्दा पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको इलाका प्रहरी कार्यालय सुनसरीका डीएसपी शिवकुमार श्रेष्ठका ले जानकारी दिए ।
कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी थिइन् ।जुम्ल्याहाा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि स्थानियद्धारा उद्धार गरिएको थियो ।
स्थानीयद्धारा उद्धार गरिएको एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्को शव भने स्थानीयले शौचालयमै भेट्टाएका थिए।