सत्ता गठबन्धनले देशभर तालमेल गर्न जारी गर्‍याे स‌युक्त अपिल

सत्ता गठबन्धनले देशभर तालमेल गर्न जारी गर्‍याे स‌युक्त अपिल

काठमाडौं, २८ चैत ।सत्तारुढ पाँच दलीय गठबन्धनले देशभर तालमेल गर्न स‌युक्त अपिल जारी गरेकाे छ । पाँच दलीय गठबन्धनका तर्फबाट जारी भएकाे स‌युक्त अपिलमा गठबन्धनलाई विजयी गराउने गरी चुनावी अभियानमा हाेमिन आग्रह गरिएकाे छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका दलहरू बीचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका पाँच दलीय गठबन्धनका शिर्ष नेताहरूले संयुक्त अपिल जारी गरेका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे सत्तारुढ गठबन्धनको शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने विषयमा सहमति भएको हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रूपमा अपिल जारी गर्दै हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनको अपिल अनेकौँ शहीदहरूको बलिदान र अनगिन्ती सपूतहरूको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षोंदेखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ ।’

परिवर्तलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवतर्नका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन् । देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन् ।

व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन समेत सबैमा अनुरोध गरिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.