आईपीएलमा आजः चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै

आईपीएलमा आजः चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै

२९ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन ।

अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लोर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आजको खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लोर शीर्ष स्थानमा उक्लनेछ । हिजो भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार ब्यहोरेको छ । गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

यसपालिको आईपीएल क्रिकेटमा दश टोली छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.